काठमाडौं । कामचलाउ सरकारको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गरेपनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।