राष्ट्रियताको सवालमा सरकारको काम तस्बिरले बोल्छ : प्रधानमन्त्री ओली

205

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा सरकारले उत्कृष्ट काम गरिरहेको बताएका छन् ।

आज संसद्लाई सम्बोधन गर्दै उनले राष्ट्रियताको सवालमा पटक–पटक स्वाधिनताको अर्थमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा सरकार कहिँकतै नचुकेको बताएका हुन् ।

“सत्यहरू आफैँ बोल्छन्, हामीले राखेका अडान आफैँ बोल्छन् । राष्ट्रियताको सवालमा सरकारका तस्बिर आफैँ बोल्छ भने जस्तै हो,” प्रधानमन्त्री ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...