अमेरिकामा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु

512

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु भएका नेपाली सङ्खुवासभा खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरे केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन विश्वविद्यालयबाट कम्युटर साइन्समा स्नातक गरेको उनका काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बाल्टिमोर काउन्टीको उड्लनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...