काठमाडौं । नेकपा (एमाले)को केपी ओली र माधव कुमार नेपाल समूहबीच आज निर्णायक वार्ता हुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५ मा फर्किन नमानेमा नेपाल समूहका सांसद्हरुले सामूहिक राजीनामा दिने भएका छन् ।
शनिबार साँझ सकिएको नेपाल समूहका सांसद्हरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको थियो । “ओली आफ्नै अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार बिहानसम्म सांसद्हरुले राजीनामा दिनेछन् ।” एक सांसद्ले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । यदी सहमति नभएमा नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।
सामूहिक राजीनामाकै सन्दर्भमा केन्द्रित रहेर नेपाल समूहको आइतबार स्थायी समिति बैठक बस्ने भएको छ ।