प्रचण्डले भने– संवैधानिक परिषदको बैठकमा सहभागी नहुनुस्

525

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् ।

शनिबार प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलगत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,“प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।”

No description available.

Share This:
सम्बन्धित खबर
Loading...