मौरीको आक्रमणबाट पुरुषको मृत्यु

20

बर्दिया, २५ कात्तिक । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीर बहादुर थारुको मृत्यु भएको छ ।

घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीर बहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो ।

उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

वीर बहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँचवटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...