सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

18

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभा सदस्य डा.अर्जुन कार्की र पूर्वमन्त्री विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ ।

रसुवाको कालिका गाउँपालिका–१ मा पुगेर टोलीले १६६ प्रभावितलाई खाद्यन्नलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो ।

टोलीले प्रतिपरिवार एक बोरा चामल, मुसुरो दाल, नुन–तेल, चिनी, चिउरालगायतको खाद्यन वितरण गरेको हो । डब्लुएचएच, आरआरएनलगायतका संस्थाको सहयोगमा राहत वितरण गरिएको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको थियो ।

पूर्वराजदूतसमेत रहनुभएका डा.कार्कीले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आह्वान समेत गर्नुभएको छ ।

उहाँले राहत र उद्धार कार्यमा ल्याउनु पर्ने प्रभावकारिकाबारेमा सरकारको ध्यानाकर्ष समेत गराउँदै विभिन्न सुझावहरु समेत दिनुभयो ।

विपद्‌बाट ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीपहिरोपछि अझै ५ हजार १३० जना सम्पर्कविहीन छन् । प्रभावित जिल्लामा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम जारी राखेको जनाएको छ ।

पछिल्लो समय काठमाडौँमा रहेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने क्रम भने केही घटेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...