छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

0

मुस्ताङ, २८ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा ६८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर हाइअल्टिच्युडका कारण लेँक लागेर बिरामी भएका ६८४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।

समुन्द्री सतहको तीन हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने कतिपय पर्यटकलाई ‘हाइअल्टिच्युड’का कारण लेक लाग्ने समस्या रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो ।

मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुक्तिनाथ मन्दिरमा प्रदेश अस्पताल, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको सहयोग र समन्वयमा हाइअल्टिच्युड सिक्नेस उपचार केन्द्र स्थापना गरिएको डा.कँडेलले बताउनुभयो । मन्दिर परिसरमा मुक्तिनाथ विकास समितिको कार्यालय रहेको भवनमा तीन शय्या र मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिर जाने सिँढी बाटोको मध्यभागमा नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्रामस्थल भवनमा तीन शय्या गरी कूल छ शय्याको उपचार केन्द्र सञ्चालनमा रहेका उहँले बताउनुभयो ।

डा.कँडेलका अनुसार चालु वर्षको सोही अवधिमा तीन जना नेपालीसहित छ जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण लेँक लागेर मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...