काठमाडौँ, २६ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३०० रूपैयाँ र चाँदी तोलामा १५० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ रूपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजाररूपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रूपैयाँ कायम भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रूपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।