ट्रम्पको २०२७ बजेट प्रस्ताव : रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती

17

रासस/एपी, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गर्नुभएको छ । यो दशकमा सबैभन्दा ठुलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ ।

यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टका अनुसार, “राष्ट्रपतिको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुनः लगानी गर्नु हो, ताकि हाम्रो देश खतरनाक विश्वमा सुरक्षित रहोस् ।”

राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूल्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन । यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र काङ्ग्रेसबिच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । काङ्ग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न सक्छ ।

इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्नुअघि ट्रम्पले सैन्यलाई आफ्नो प्राथमिकता भएको सङ्केत दिनुभएको थियो । उहाँले कार्यक्रममा भन्नुभयो,“हामी युद्धमा लडिरहेका छौँ, हामी बाल सङ्ग्रहालय र स्वास्थ्य सेवामा ध्यान दिन सक्दैनौँ । यी सेवाहरू राज्य स्तरबाट सम्भव छन्, सङ्घीय स्तरबाट होइन ।”

Share This:
सम्बन्धित खबर
Loading...