गृहमन्त्री गुरूङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना

3

काठमाडौँ, १९ चैत । गृहमन्त्री सुधन गुरूङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो ।

उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उहाँ पशुपतिनाथ मन्दिर पुग्नुभएको मन्त्री गुरूङको सचिवालयले जनाएको छ ।

मन्दिर दर्शनपछि गृहमन्त्री गुरूङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको थियो । उहाँले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिनुभएको छ ।

यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए । गृहमन्त्री गुरुङले धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...