काठमाडौँ, १८ चैत । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० रूपैयाँ र चाँदी १०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रूपैयाँ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ रूपैयाँ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रूपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।