ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

14

काठमाडौँ, १६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदै छ ।

उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ । ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने छ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुने छ ।

ओलीका तर्फबाट उहाँकी पत्नी राधिका शाक्यले रिट पेस गर्नुभएको थियो । त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गर्नुभएको हो ।

उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...