काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवम् नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।
आइतबार पेरिसडाँडामा बसेको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको नेकपाका नेता रमेश मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो । पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा । बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौँ ।”
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सिट रहेको छ ।