राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

14

काठमाडौँ, १ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श कुमार श्रेष्ठ मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ । उहाँ कानुन व्यवसायी हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...