काठमाडौँ, २२ फागुन । चितवन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)ले अग्रता लिएको छ । एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गर्नुभएको छ ।
रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा हुनुहुन्छ । ढकालले ७१ मत पाउनुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कृष्णराज पन्तले ६२ मत पाउनुभएको छ ।