सङ्खुवासभामा डा.अर्जुन कार्कीलाई जिताउन भन्दै एमाले प्रवेश

16

खाँदबारी, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा सङ्खुवासभामा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको छ ।

पछिल्ला दिनहरूमा नेपाली काङ्ग्रेसलगायत अन्य दल परित्याग गरी दर्जनौँ कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

मादी नगरपालिका र पाँचखपन क्षेत्रका ३० भन्दा बढी व्यक्तिहरूले एमाले रोजेका छन् । एमालेका उम्मेदवार डा.अर्जुन कार्कीलाई जिताउन भन्दै विभिन्न गाउँमा अन्य दलका कार्यकर्ता पनि एमाले प्रवेश गर्नेक्रम जारी रहेको डा.कार्कीले जानकारी दिनुभयो ।

प्रवेश गर्नु हुनेहरूमा रामकाजी तामाङ, सलबहादुर लामा, नन्दलाल मगर, हेमराज रेग्मी, विकास जोगी, विरु जोगी, मौसम जोगी, मनिसा मगर, रुद्र ब. जोगी, नेत्र ब.जोगी, अम्बर ब जोगी, वीर ब.वोगी,धष समीक्षा राई मगर, जापान मगर, अर्जुन जोगी, कमला तामाङ, जनक तामाङ, प्रविन तामाङ, रचना कार्कीलगायत छन् ।

एमालेले पार्टी प्रवेशलाई आफ्नो संगठन र उम्मेदवार राम्रो दाबी गरेको छ । तर, विपक्षी वृत्तले भने यसलाई ‘चुनावी रणनीतिक ध्रुवीकरण’ मात्र भएको टिप्पणी गरेका छन् ।

दल प्रवेशको बढ्दो क्रमले चुनावी माहोललाई थप पेचिलो बनाएको छ । तर, अन्तिम निष्कर्ष भने मतपेटिकाले मात्र दिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...