सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

20

सर्लाही, १४ फागुन । सर्लाहीमा तीन दिन भारतीय सीमा नाका बन्द गरिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सीमा नाका बन्द गरिने भएको हो ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य सबै गतिविधिमा कडाइ गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया ले निर्वाचनका बेला सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा शान्ति–सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार सो समयमा सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिने छ ।

Share This:
सम्बन्धित खबर
Loading...