झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

12

बिर्तामोड, १० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताउनुभएको छ । झन्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ ।

आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झन्डा आदर्शको केन्द्र भएको बताउनुभयो । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उहाँले रास्वपाबाट अपराधिक काम भएको बताउनुभयो ।

सूर्य अङ्कित झन्डा एमालेको आन्दोलनको प्रतीक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई छ भन्ने उहाँको प्रश्न छ । उहाँले भन्नुभयो, “यस्तो अपमानपूर्ण काम स्वीकार्य छैन ।”

रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरू गरेको उहाँको भनाइ छ । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दाबी छ । झन्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झन्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको स्पष्ट पार्नुभयो ।

झापा क्षेत्र नम्बर ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौँ जेनजीहरुलाई एमालेमा स्वागत गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप ऊर्जा मिलेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...