महिलाको शंकास्पद मृत्यु : मादक पदार्थ सेवन गरी हत्या [अपडेट]

4

मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका-५ स्थायी घर भइ मुस्ताङको घरपझोङ-२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमान्‌ले गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान् २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो । सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...