तीन किलो चाँदीसहित एक जना पक्राउ

6

काठमाडौँ, ५ फागुन । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रूपैयाँको चाँदीसहित एक जना पक्राउ परेका छन् ।

वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...