स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

14

बागलुङ, २९ माघ । बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यु एभरेष्ट बोर्डिङ स्कुल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...