काठमाडौँ, २८ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रूपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रूपैयाँ कायम भएको छ ।
मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रूपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रूपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रूपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।