मधेसको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन

26

सिरहा, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सिरहाको गोलबजार नगरपालिकामा पुग्नुभएको छ ।

मधेस केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन साह आज गोलबजारमा उपस्थित हुनुभएको हो ।

गोलबजारमा उहाँले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा साहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेसको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...