भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

11

बैतडी, २१ माघ । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...