काठमाडौँ, १८ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० रूपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ६५ रूपैयाँ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ५०५ रूपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ३०० रूपैयाँ कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रूपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रूपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।