सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

13

काठमाडौँ, १५ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ५०५ रूपैयाँ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रूपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ३०० रूपैयाँ कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० रूपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रूपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...