कोही मान्छे जन्मजात पर्फेक्ट हुँदैन, सीप सिकेर निखारिनुपर्छ : हरिप्रसाद डुम्रे [भिडिओ]

20

काठमाडौँ, १३ माघ । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष एवम् अधिवक्ता हरिप्रसाद डुम्रेले नेपालमा सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने औँल्याउनुभएको छ ।

नेपाली युवा उद्यमीहरुलाई विश्वस्तरीय सीप प्रदान गर्न सक्रिय विश्वप्रसिद्ध प्रशिक्षक एवम् मोटिभेस्नल स्पीकर भूपेन्द्र सिंह राठोरलाई यही माघ १६ गते नेपाल ल्याउन लागेका उनले यस पटक १५०० भन्दा बढी युवा उद्यमीहरुले सेल्ससम्बन्धी तालिमको तयारी भइरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप स्थापनाकालदेखि तीनवटा थिममा काम गरिरहेको छ । स्किल म्यानपावर क्राइसिस भइरहेको बेला त्यसले फुलफिल पनि गर्छ । नेसनको विकास र इकोनोमिक ग्रोथका लागि तीनवटा बेसिक एलिमेन्ट आवश्यक पर्छ । हामीले केही कन्ट्रीब्युसन गर्नुपर्छ, ह्युमन क्यापिटललाई स्किलफुल बनाउनुपर्छ र सेल्फ मोटिभेटेड एवम रिजल्ट ओरिएन्टेड बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ । उद्यमको क्षेत्रमा सक्षम जनशक्ति आवश्यक पर्ने भएकाले तालिम जरुरी पनि छ ।”

“एउटा सक्षम लिडर वा सिइओसँग कही न कही एउटा सेल्सको स्किल हुन्छ । हरेकले केही न केही सेल्स गर्ने स्किल बोकेका हुन्छौँ । त्यसलाई बुस्ट गर्न जरुरी छ । निखारेर अघि बढ्न जरुरी पनि छ । त्यसका लागि तालिम जरुरी छ,” डुम्रेले अगाडि भन्नुभयो, “नेपालका प्रशिक्षकलाई नै इम्पावर गर्ने हिसाबले वा विश्वव्यापी रुपमा कसरी काम भइरहेको छ भन्ने हिसाबले पनि यस पटक बृहत् सीपमुलक तालिम चलाउँदै छौँ ।”

आफूहरुसँग स्कीलफुल हुनका लागि आठ–दसवटा कोर्सहरू उपलब्ध रहेको बताउँदै उहाँले अनलाइनमार्फत लाइफ टाइम हुनेगरी पनि सीप प्रदान गरिरहेको बताउनुभयो ।

“मैले देशमा गर्नुछ, देशमा सम्भावना बढी छ भन्ने धेरैको मनोविज्ञान छ । धेरैले गर्न खोज्नुभएको छ । तर, स्किल छैन भने निराश हुनुपर्ने हुन्छ । तर, त्यसका लागि हामी सहयात्री बन्नेछौँ,” उहाँले भन्नुभयो ।

गत भदौ २३ र २४ गतेको आन्दोलनले उद्योगी वा व्यवसायीहरुलाई प्रभावित बनाएकाले भोकेसनल ट्रेनिङहरू जरुरी रहेको उहाँले औँल्याउनुभयो । “नेपालका ठुला ठुला कम्पनी वा संस्थाहरुका हाकिम वा सिइयोहरुमा सम्बन्धित क्षेत्रको ज्ञान भए पनि सीप नहुँदा समस्या झेलिरहेका छन् । त्यसका लागि हामी सारथी बन्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।

कोही मान्छे जन्मजात पर्फेक्ट नहुने भएकाले सिक्ने र त्यसलाई निखार्दै जानुपर्ने बताएका उहाँले नेपाली युवाहरुले सीप सिकेर विश्वस्तरमै आफ्नो पहिचान बनाउँदै लगेको बताउनुभयो ।

“हाम्रा युवाहरूले धेरै काम गर्न सक्नुहुन्छ । त्यसका लागि भोकेसनल ट्रेनिङहरूलाई फोकस गर्नुपर्छ । दक्ष युवाहरू विदेश जानुभएको छ उहाँहरूलाई फर्काउन सक्नुपर्छ । अहिले विदेश जाने युवाहरुले पनि टोफल वा आइएलटिएस कोर्ष गर्नुहुन्छ । उनीहरूलाई रिटर्न ब्याक गर्नपनि सरकारले वातावरण बनाउनुपर्छ । हुनतः सरकारको मुख ताकेर मात्र हुँदैन । हामीले पनि त्यो इन्भारोमेन्ट बनाउनुपर्छ । ज्ञानपुञ्ज जस्ता संस्थाहरुको पनि दायित्व हो,” उहाँले भन्नुभयो ।

निर्वाचनमा जानेहरु पनि फगत चुनावी नारा लिएर जानु नहुने भन्दै उहाँले चुनावका लागि नारा बनाएर वा गफ लगाएर मात्र जान नहुने बताउनुभयो ।

नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने उद्देश्यले ‘सेल्स बुस्टर २.०’ कार्यक्रम ल्याइएको पनि बताउनुभयो । १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको उहाँले सुनाउनुभयो ।

यही माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने ‘सेल्स बुस्टर २.०’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेस प्रशिक्षक एवम् मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोर आउनुहुने छ । राठोर ‘थिंक रिच इन्डिया’ का संस्थापक हुनुहुन्छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...