नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ ।
केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उहाँले ‘बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो ।
“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गर्नुभएको छ । आजै बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काङ्ग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।