उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन्– निर्वाचन हुनेमा अझै आशंका छ

16

काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दलहरूमा आशंका रहेको बताउनुभयो । पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली काङ्ग्रेसको दल विभाजनको प्रक्रियाले गर्दा आफूहरू थप सशंकित रहेको उनको भनाइ थियो ।

उहाँले भन्नुभयो, “फागुन २१ गतेको चुनाव होला कि नहोला भन्ने आशङ्कामा दलहरु रहेका थिए । पछिल्लो सरकारका कतिपय शंकास्पद गतिविधिहरु र नेपाली कांग्रेसको दल विभाजको प्रक्रियाले गर्दा अझ शंकामा चाहिँ हामीहरु थियौँ । तर, पछिल्लो सरकारका कतिपय गतिविधिहरु र निर्वाचन आयोगका केही प्रक्रियाहरुप्रति केही असहमतिहरु छन् । असहमतिका बाबजुद पनि निर्वाचनमा गइरहेका छौँ । तर, बढो चनाखो र सतर्कतापूर्ण भएर निर्वाचनमा गइरहेका छौँ ।”

उहाँले पछिल्लो सरकारका केही गतिविधि र निर्वाचन आयोगका केही प्रक्रियाप्रति असहमति रहे पनि त्यसका बाबजुद निर्वाचनमा सहभागी हुने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...