मकवानपुर १ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी

10

हेटौँडा, ६ माघ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि विद्या श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । श्रेष्ठले सोमबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।

समर्थकहरूको उपस्थितिमा उहाँले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को टोली पनि मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेको छ । मकवानपुरमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...