दुर्गा प्रसाईं पोखराबाट पक्राउ

13

गण्डकी, ५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उहाँले भन्नुभयो ।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको थियो । प्रसाईंले केही दिनअघि काङ्ग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रूपैयाँ बुझाएको आरोपसहित एक भिडिओ सार्वजनिक गर्नुभएको थियो । सोही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...