गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता

8

काठमाडौँ, २ माघ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताउनुभयो । आयोगको उक्त निर्णयपछि काङ्ग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादर खड्काले आयोगको निर्णय आफूहरूको लागि मान्य नहुने भन्दै अदालत जाने प्रतिक्रिया दिनुभयो ।

यो निर्णयसँगै नेपाली काङ्ग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक काङ्ग्रेसको सभापति थापा बन्नुभएको छ । आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको काङ्ग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...