सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता

8

ललितपुर, २३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज बिहान उहाँहरुबिचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...