क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेसन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर

11

काठमाडौँ, २३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेसन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेसनबिच आज सम्झौता भएको हो ।

नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल आइसिसी टी–२० विश्वकप–२०२६ का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल भएका छन् । लुम्बिनी लायन्समा आबद्ध मल्ल गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट खेल प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए । उनी नेपाली सिनियर टोलीबाट पहिलो पटक विश्वकप क्रिकेट खेल्ने भएका छन् । मल्ल यसअघि एनपिएलको पहिलो संस्करण विजेता जनकपुर बोल्ट्समा आवद्ध थिए ।

क्रिकेटर मल्लले गौतम एजुकेशनसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । गौतम एजुकेसनका कार्यकारी निर्देशक इन्द्रजित गौतमले मल्ल जस्तो उदीयमान खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले देशभर विभिन्न जिल्लामा रहेका विद्यालयमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि सहयोग गर्ने योजना रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...