करेन्ट लागेर एक जनाको मृत्यु

9

खाँदबारी, २२ पुस । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मकालु–५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो । भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...