ठगीको अभियोगमा दुई जना पक्राउ

8

काठमाडौँ, ८ पुस । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट दुई लाख १० हजार रूपैयाँ र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट आठ लाख ४० हजार रूपैयाँ लिएका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइए छ ।

Share This:
सम्बन्धित खबर
Loading...