पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरू

1

काठमाडौँ, ६ पुस । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरू भएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरू गरिएको हो ।

यसक्रममा शनिबार कोषका पदाधिकारी र कर्मचारीद्वारा विश्वरुपा र मृगस्थली क्षेत्रमा सफाइ गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । सफाइका क्रममा त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिकलगायत फोहर व्यवस्थापन गरिएको उहाँले सुनाउनुभयो ।

सफाइमा कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारी, भक्तजन र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...