वैभवीलाई भारतमा तीन स्वर्ण

1

काठमाडौँ, ६ पुस । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन् । शनिबार भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितिन् ।

भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन् । त्यसैगरी वैभवीले पुम्से र स्पिड किक विधामा पनि अन्य खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितिन् ।

प्रतियोगिता अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दैआएको छ । उक्त प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...