एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

12

काठमाडौँ, ४ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झन्डा उठाएर आन्दोलन गरेको बताउनुभएको छ ।

बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उहाँले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभयो ।

उहाँले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरि राष्ट्रियताको झन्डा उठाएर, लोकतन्त्रको झन्डा उठाएर, शान्ति सुव्यवस्था, सुशासन र विकासको झन्डा उठाएर फेरि संविधानलाई जो मिचिएको छ मिचिएको संविधानलाई फेरि सही बाटोमा फर्काउने, असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभाको अविलम्ब पुनःस्थापनाको मागलाई लिएर यो देश राष्ट्रिय सार्वभौमिक सत्ता, यसको स्वाभिमान र देशको हितलाई तलमाथि पर्न दिने छैन भन्ने उद्घोषका साथ प्रतिनिधि सभाको पुनःस्थापनाको माग लिएर देश व्यापीरुपमा आन्दोलनमा उत्रियौँ ।”

त्यहीँ आन्दोलनकै बीचमा ११औँ महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो महाधिवेशन ‘पुराना पार्टीहरू समाप्त भए’ भन्ने भाष्यको सशक्त जवाफ भएको बताउनुभयो ।

‘त्यहीँ आन्दोलनकोबीचमा आफ्नो ११औँ महाधिवेशन आयोजना गरेको छ । ११औँ महाधिवेशनले पुराना पार्टीहरु रहेनन् भन्ने भाष्यलाई जवाफकोरुपमा यस महाधिवेशन रहेको छ । यो एउटा जवाफ हो नेकपा (एमाले) एउटा अजम्बरी पार्टी, सशक्त पार्टी हो,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...