काठमाडौँ, ३ पुस । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी हुनुभएको छ । काठमाडौँमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई एक हजार ९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी हुनुभएको हो ।
अध्यक्ष पदमा ओलीले एक हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो ।
ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, उहाँ दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।