ललितपुर महानगरपलिकाले आज १०७औँ स्थापना दिवस मनाउँदै

8

काठमाडौँ, २ पुस । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७औँ स्थापना दिवस मनाउँदै छ । बुधबार ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाउन लागेको हो ।

ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ । विक्रम सम्वत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भइ विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।

त्यस्तै, विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहनुभएको छ । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...