पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल

22

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धतिअन्तर्गत ठिक ढङ्गले चलाउनको लागि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाईहरुलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नका लागि हो । पार्टीलाई वास्तविक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धतिअन्तर्गत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।”

त्यस्तै, उनले काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनःव्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नका साथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राख्नुभयो ।

यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको भन्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गर्नुभयो ।

यसैगरी, उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताउँदै नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएको बताउनुभयो । सामूहिकतामा पार्टीलाई चलाउनका लागि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...