दार्चुलाबाट दिलेन्द्र बडूको एकल सिफारिस

21

दार्चुला, २७ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गरेको हो ।

कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रियसभाका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ ।

विसं २०७९ मा भएको निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जित हासिल गर्नुभएको थियो । उहाँले उक्त निर्वाचनमा एमालेका गणेश सिंह ठगुन्नालाई पराजित गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...