काठमाडौँ, १८ मङ्सिर । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रूपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ रूपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रूपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ रूपैयाँ मा कारोबार भएको थियो ।