एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकोप्टरमार्फत् काठमाडौँ पठाइयो

7

भोजपुर, १६ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

घाइतेलाई हेलिकोप्टरमार्फत् थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...