आज विराटनगर किङ्ग्स र चितवन राइनोज भिड्दै

7

काठमाडौँ, १० मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज विराटनगर किङ्ग्स र चितवन राइनोज भिड्दै छन् ।

बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने खेलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन् । तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ । दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।

विराटनगरले हालसम्म हारको सामना गरेको छैन । अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ । चितवन तालिकाको पाँचौँ स्थानमा रहेको छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

एनपिलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

Share This:
सम्बन्धित खबर
Loading...