‘तोकिएकै समयमा निर्वाचन हुनुपर्छ’

9

दाङ, ८ मङ्सिर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

दाङको बङ्गलाचुली गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरू भएको छैटौँ बङ्गलाचुली गाउँपालिका कप–२०८२ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले जेनजी आन्दोलनले मुलुकमा सबै दलहरूलाई सच्याउने र सच्चिने अवसरसहित नयाँ निर्वाचनको मिति घोषणा भएकाले समयमै निर्वाचन हुनुपर्ने बताउनुभयो ।

मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि प्रतिनिधिसभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरू तयार बन्नुपर्नेमा जोड दिँदै उहाँले तोकिएको निर्वाचनलाई विफल बनाउन कोही पनि लाग्न नहुने बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता शर्माले खेल र खेलाडी राष्ट्रका सम्पत्तिमा रहेकाले यी सम्पत्तिको विकास र उत्थानका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुुपर्ने बताउनुुभयो । गाउँपालिकास्तरीय उक्त प्रतियोगिता आज समापन हुने छ । गाउँपालिकाका आठ वटै वडाका तीन खेल समूहका खेलाडीले प्रतियोगितामा सहभागी भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...