धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

8
  • राजेन्द्र विश्वकर्मा

सर्लाही, ७ मङ्सिर । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट साइकलमा सवार मिथिला नगरपालिका–१ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ । कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान् ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् ।

अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...