सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन ?

2

काठमाडौँ, मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गर्नुभएको छ ।

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उहाँले सरकारसँग दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन भनेर प्रश्न गर्दै जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुर्गा प्रसाईंले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्‍यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईंले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरिका जनताले दुनियाँले सोध्छन् नि । के हो त्यो एआई त होइन होला ? भएकै भिडिओ त देखाएको होला नि । मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नु ।”

त्यस्तै, उहाँले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दा पनि दुर्गा प्रसाईंलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारले,” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेललगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने ? सिमरा एयरपोर्ट नै बन्द भयो । गुण्डाभन्दा अलि शब्द नराम्रो होला । ५०÷६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? अनि सरकार भन्छ चुनाव गर्ने रे ! सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

Share This:
सम्बन्धित खबर
Loading...